लक्ष्मण चौधरीलाई निर्वाचन आयोगको प्रश्न : तपाईको उम्मेदवारी किन खारेज नगर्ने ?

cp new add
Nisharg hospital
suchana

२५ असोज, धनगढी । नागरिक उन्मुक्ती पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका लक्ष्मण चौधरीलाई निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्न नपर्ने कारण मागेको छ ।

चौधरीको उम्मेदवारीलाई लिएर परेको दाबी विरोधको निवेदनमाथि सुनवाई गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज हुनु नपर्ने कुनै कारण भए दिउँसो ३ बजेसम्म प्रमाणसहित उपस्थित हुन भनेको छ । ‘हामीले उहाँलाई उम्मेदवारी खारेज हुनु नपर्ने कारण के हो ? प्रमाणसहित दिउँसो ३ बजे उपस्थित हुन भनेका छौँ,’ मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले प्रेसपत्रसँग भने, ‘उम्मेदवारसँगको छलफलपछि मात्र आवश्यक निर्णय लिन्छौँ ।’

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण चौधरीलाई उच्च अदालत दिपायलले २ पुष २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले चौधरीलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका चौधरीलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि चौधरी फरारको सूचीमा छन् । २३ असोजमा वारेसमार्फत उनले नागरिक उन्मुक्ती पार्टीको तर्फबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...