केदारनाथमा हेलिकप्टर दुर्घटना हुदाँ चालकसहित पाँच जनाको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ। केदारनाथ नजिक गौरीकुण्डमा आइतबार बिहान करिब साढे पाँच बजे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मर्नेमध्ये एक जना नाबालक पनि रहेका छन्। हेलिकप्टरमा सात जना सवार थिए। श्रद्धालुलाई केदारनाथ मन्दिरबाट गौरीकुण्ड लैजानका लागि हेलिकप्टर उडेको थियो।

सुरुवाती जानकारी अनुसार मौसममा खराबी आएका कारण दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका तीर्थालूहरु सवार थिए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...