युवालाई धार्मिक बनाउन क्रान्तिकारी भजन

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौ। डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश दिने गरेर भजन गीत गाएको बताएका छन ।

यो गीत धार्मिक क्रान्तीकारी छ हालै बजारमा आएको “भोले बाबा शिव भजन” को बारेमा चर्चा गर्दे उनले भजन भनेपछि बुढा पुस्ताको मात्र हो भन्ने मान्यता तोड्न आफ्नो गीत सफल हुने दावी गरे ।

सो गीतमा भिडियोग्राफी निक्कै राम्रो छ भने अभिनय पनि गीत अनुसार निक्कै सुहाउदो देखिएको छ । सो गीत चपली हाइट, बुढानिलकण्ठ र रुद्रेश्वर महादेव लगायतका स्थानमा सुटिङ गरिएको छ ।

सो गीतमा गायक शाही, रीता केसी र पवन रानाभाटले स्वर दिएका छन् । भने गायक शाही, केसी र गीतका लेखिका सुमित्रा खड्का, दीपा पनेरुले मोडलिङ गरेका छन् । शिवको भूमिकामा युवराज पौडेल र पार्वतीको भूमिकामा गीतको लेखिका सुमित्रा निक्कै जमेकी छन् ।
छायांकन र गीत निर्माणमा निक्कै धेरै खर्च भएको जस्तो भिडियो देखिए पनि करिब सात लाख मात्र खर्च भएको डेउदा गायक शाहीले बताए ।

गीतकी लेखिका तथा व्यवसायी सुमित्राले आफूले भजनबाट मनोरञ्जन क्षेत्रमा सक्रिय हुन शुभारम्भ गरेको बताउदै आगामी दिनमा आफूले यस्ता गीत, डकुमेन्ट्री र फिल्ममा लगानी गर्ने सोच बनाएको बताइन । उनले पनि यो भजन गीत परम्परागत भजन भन्दा निक्कै फरक भएको दावी गरिन ।

सुरेश र सुमित्राले यो गीतबाट केही कमाउने भन्दा पनि नयाँ पुस्तालाई सन्देश दिने र आत्मसन्तुष्टी दिने हिसावले भजन गीत बनाएको बताए । यो गीत शिवजी महिना मानिने साउन र तिजलाई ध्यान दिएर बजारमा ल्याइएको गायिका सुमित्राले बताइन । उनले भनिन यो क्रान्तिकारी भजनमा युवायुवती मज्जाले उफ्रेर नाच्ने छन् ।

विक्रम चौहानले निर्देशन गरेको सो गीतको ऐरेन्जर तथा मिक्सिंगको काम पवन रानाभाट, भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...