नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु

cp new add
Nisharg hospital

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।

Nast Ad

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...