कैलालीमा सीमा नाका र भिडभाड हुने क्षेत्रमा चेकजाँचमा कडाइ, तालिम प्राप्त कुकुरकाे प्रयाेग

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा भारतीय सीमा नाका र मानिसहरूकाे भिडभाड हुने क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको छ ।

Telecome

कैलाली प्रहरीले भारतसँग सीमा जाेडिएका र मानिसहरूकाे भिडभाड बढि हुने सार्वजनिक स्थानमा चाडपर्व लक्षित सुरक्षा याेजनाअनुसार चेकजाँच बढाएकाे छ ।

प्रहरीले ती क्षेत्रमा समान्य समय भन्दा सुरक्षाकर्मीकाे समेत बढाएकाे छ भने चेकजाँचमा तालिम प्राप्त कुकुरकाे प्रयाेग समेत गरिरहेकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सीमा क्षेत्रमा हुनसक्ने विस्फोटक पदार्थ र लागूऔषधकाे ओसारपसारलाई ध्यानमा राखेर चेकजाँचमा कडाइ गरिएको बताए ।

उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे कुकुर शाखासँगकाे समन्वयमा सीमा नाकासहित बढि भिडभाड हुने बसपार्क लगायतका क्षेत्रमा चेकजाँचमा तालिम प्राप्त कुकुरकाे समेत प्रयाेग गरिरहेकाे बताए ।

कैलालीमा चाडपर्व लक्षित सुरक्षा याेजना अन्तरगत जिल्लाभर एक हजार एक सय बढि प्रहरी परिचालन गरिएका छन् ।

सीमा नाका, बसपार्क लगायतका क्षेत्रमा यात्रुलाई मध्यनजर गर्दै नागरिक सहायता कक्ष समेत स्थापना गरिएकाे छ ।

सुदूरपश्चिममा राेजगारीकाे सिलसिलामा भारत गएकाहरू दशै मनाउन घर फर्किने भएकाले सीमा नाकाहरूमा चहलपहल बढेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...