press
po

नक्कली प्रहरी बनेर एक लाख असुल्ने दुई पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रहरी भन्दै अवैध रूपमा पैसा असुलेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्।

sanjiwan
Nisharg

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ लालगढका ४१ वर्षीय रबीन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल छन् । उनीहरूले १६ कात्तिकको राति ९ बजेतिर काठमाडौंको कोटेश्वरस्थित एक होटलमा खाजा खाइरहेका दुई व्यक्तिलाई डरधम्की दिई पैसा असुलेको आरोप छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

दुवैलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनीहरूविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

HAMRO DAIRY

प्रहरीका अनुसार होटलमा खाजा खाइरहेका दुई व्यक्तिलाई कोइराला र पौडेलले आफूहरू सीआईबीको प्रहरी भएको भन्दै धम्क्याएर ई–सेवामा जनही ५०–५० हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएका थिए। उनीहरूसँग भएको नगद ६ हजार रुपैयाँ पनि लुटेका थिए।

प्रहरीले उनीहरूको साथबाट ११ थान पासपोर्ट, १३ थान आईडी कार्ड, ४ थान विभिन्न कार्यालयका छाप, ३ थान एटीएम कार्ड, नगद रसिदको ठेली ११ थान बरामद गरेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...