कैलालीको बर्दगोरियामा ट्याटु हाउसभित्रै मृत भेटिए युवक

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-२ बौनियामा ट्याटु हाउसभित्र युवक मृत भेटिएका छन् ।

स्थानीय दिलिप ढुंगानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस  सञ्चालन गर्दै आएका भजनी नगरपालिका-८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले चौधरी सटर भित्र मृत अवस्थामा फेला परेको बताए ।

उनी झुन्डिएको अवस्थामा भेटिएपनि अहिले आफन्त आइरहेकोले थप अनुसन्धान त्यसपछि मात्र अघि बढाइने डीएसपी सिंहले बताए ।
अहिले प्रहरीले घटनास्थल सिल गरेर नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...