

४ कात्तिक, धनगढी । कञ्चनपुरमा बदेलको मासुसहित सरकारी कर्मचारी पक्राउ परेका छन् ।
पूर्व–पश्चिम राजमार्गको अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा चेकजाँचका क्रममा जंगली बदेलको मासुसहित सरकारी कर्मचारीलाई पक्राउ गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
तर उनको परिचय खुलाइएको छैन । सरकारी मोटरसाइकलमा झोला डेढ किलोग्राम जंगली बँदेलको मासु लगिरहेको अवस्थामा पक्राउ परेका उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।
अनुसन्धान प्रभावित हुने भन्दै निकुञ्जले ती कर्मचारीको परिचय गोप्य राखेको छ ।

