
५ कात्तिक, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
घटनामा परि बागमती–८ का रामबहादुर गोलेको मृत्यु भएको हो, भने तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति बागमती–५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा परि अटो चालक बागमती–८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन ।

