साढे नौ हजारले घट्यो सुनको मूल्य

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेपाली बजारमा सुनको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९माघ २२० मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।

यससँगै आजको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।

हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...