घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । सोमबार र मंगलबार घटेको सुनको भाउ बुधबार पनि १ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ४ सय रुपैयाँ कायम छ । हिजो मंगलबार सुन तोलामा ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी तोलामा ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...