रास्वपा बधाई दिँदै कुलमानले भने – सुशासन कायम गर्न सफल होउन्

cp new add
Nisharg hospital
suchana

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको भएपनि यस पटकको चुनावमा जनताको मत जित्न नसकेको बताएका छन्।

पार्टीले प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेपछि चुनावमा हार प्राविधिक विषय मात्र भएको बताए। उनले भनेका छन्, ‘छोटो समयमै तपाईँहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठुलो ऊर्जा र मार्गदर्शन बनेको छ।

चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृद्धिको आकाङ्क्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु।’

सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने उनको भनाइ छ। चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...