यो इतिहास लेख्ने अवसर हो, सदुपयोग गर्न नसके माफ गर्न गाह्रो हुन्छ : उपसभापति अर्याल

cp new add
Nisharg hospital
suchana

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताले आफूहरूलाई इतिहास लेख्ने अवसर दिएको बताउँदै त्यसमा लाग्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गरेका छन् ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो । इतिहास लेख्ने मात्रै होइन । हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ,’ अर्यालले सम्बोधनको क्रममा भने । साथै, उनले अनुशासित समाज निर्माण गर्नुपर्ने बताए ।

‘हामीले एउटा अनुशासित समाज निर्माण गर्नुपर्नेछ । हामीले अस्पताल जाँदा आफ्नो निर्वाचन क्षेत्रको नेता खोज्ने दिनको अन्त्य गर्नुपर्नेछ,’ अर्यालले अघि भने, ‘हामीले स्कुल जाँदा आफ्नो क्षेत्रबाट निर्वाचित भएको नेताको खोजी गर्न छाड्नुपर्नेछ  ।

हामी कर तिर्न जाँदा अन्डरटेबुल गर्नुपर्ने दिनको अन्त्य गर्नुपर्नेछ ।’ अहिलेको गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण रहेको पनि उनले बताए । ‘यो गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण छ,’ उपसभापति अर्यालले भने, ‘हाम्रा हरेक गतिविधिलाई जेनजीहरूले हेर्नुहुनेछ ।

हामीले त्यसलाई सम्बोधन गरेर जानुपर्नेछ । हामीले आफ्नो इमानदारिता, लगनशीलता र क्षमतालाई राष्ट्र र नेपाली जनतालाई सुम्पिनुपर्नेछ ।’ उनले सबै निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई गम्भीर रुपमा तयारी हुन पनि अनुरोध गरे ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...