

काठमाडौं । इजरायल तथा लेबनानले आउँदो हप्ता वासिङटन डीसीमा शान्ति वार्ता गर्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले यसबारे उल्लेख गरेको छ ।
“अमेरिकी विदेश मन्त्रालयले अर्को हप्ता इजरायल र लेबनानबीच चलिरहेको युद्धविराम वार्ता आयोजना गर्ने भएको पुष्टि गर्छु,” ती अधिकारीले भनेका छन् ।

एक दिनअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान समर्थित हेजबुल्लाह समूहलाई हतियार त्याग्न बाध्य बनाउन जोड दिँदै आफ्नो मन्त्रिपरिषद्लाई लेबनानसँग प्रत्यक्ष वार्ता गर्न निर्देशन दिएका थिए ।
नाम उल्लेख नगर्ने सर्तमा एक लेबनानी सरकारी अधिकारीले वार्ताअघि इजरायलले युद्धविराम गर्नुपर्नेमा जोड दिएका एएफपीले जनाएको छ ।

