

धनगढी । <कैलालीमा हाईस र माेटरसाइकल ठाेक्किदा दुई जनाकाे मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-७ गुलारामा मंगलबार(आज) साँझ सवा ६ बजेतिर सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प ५४३९ नम्बरको माेटरसाइकल आपसमा ठाेक्किएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा माेटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि बर्दगाेरिया अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका थिए ।
दुई जना मध्ये माेटरसाइकल चालक काे थिए ? भन्ने खुल्न बाँकी थियाे । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

