चोरी मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

cp new add
Nisharg hospital

नकबजनी चोरी मुद्दामा फरार रहेका कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको २०८१ पुस २२ गतेको फैसलाले १ वर्ष ६ महिना कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ का २९ वर्षीय प्रदीपकुमार भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार उनलाई आफ्नै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...