ओली र लेखकको मुद्दाबारे ‘सिधाकुरा’ को सामग्रीमा प्रहरीको आपत्ति, भ्रम नफैलाउन आग्रह

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको मुद्दासँग सम्बन्धित ‘सिधाकुरा’ युट्यूव च्यानलमा प्रशारित एक सामग्रीलाई लिएर प्रहरीले आपत्ति जनाएको छ ।
जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल र भ्रामक सामग्री प्रशारण गरिएको प्रहरीको भनाइ छ ।

गत चैत ३० गते सिधाकुराले ‘ओली–लेखकको अनुसन्धानमा झेल ?’ शीर्षकमा १२ मिनेट ४२ सेकेन्डको भिडिओ प्रशारण गरेको थियो । उक्त भिडिओमा अभिव्यक्ति धारणा र सूचनामा ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक पवनकुमार भट्टराईले विज्ञप्ति जारी गरेका छन् ।

tourism

विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको ज्यानसम्वन्धी कसुरका आरोपीहरु केपी शर्मा ओली र रमेश लेखक उपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको जमानिमा राखेर अनुसन्धान भइरहेको छ ।’

स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौंको कानूनी राय परामर्शमा अनुसन्धान भइरहेकोमा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएको विज्ञप्तिमा उल्लेख छ । यस्ता भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रशारण नगर्न प्रवक्ता भट्टराईले आग्रह गरेका छन् ।

के छ भिडिओमा ?
सिधाकुराका लागि युवराज कँडेलले प्रस्तुत गरेको भिडिओ सामग्रीमा ओली लेखकको मुद्दामा अनुसन्धान गर्न प्रहरीले जानजान लापरवाही गरेको दावी गरिएको छ । प्रहरीले बयान नै पूरा नगरी आफैंले उनीहरुलाई छोड्ने वातावरण बनाएको आरोप लगाइएको छ ।

राजनीतिक कनेक्सनका कारण उक्त मुद्दालाई काठमाडौ प्रहरीले जानाजान कमजोर बनाएको पनि प्रस्तोता कँडेलको टिप्पणी छ ।

उनले भनेका छन्, ‘काठमाडौं प्रहरीका प्रमुख एसएसपी रमेश थापा केपी ओली र देउवालाई आफ्नै घरमा बोलाएर बार्ता गराई सरकार बनाउने र ढाल्ने सहमति गराउने व्यापारी रामेश्वर थापाका भाई हुन् ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...