

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१ टिनबजारबाट प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–६ का २२ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय श्रवण कुमार चौधरी रहेका छन्।

मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ३१० मिलिग्राम लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

