कुकुरप्रतिको माया: मेघाले गरिन् अन्त्येष्टि र किरिया

cp new add
Nisharg hospital
Ban Mantralye

पर्वतको कुस्माकी मेघा केसीको आफ्नो कुकुर ‘काली’सँग यस्तै गहिरो सम्बन्ध थियो। कालो र केही भागमा खैरो रङ भएको उक्त कुकुरलाई उनी माया गरेर ‘कालु’ भनेर बोलाउँथिन्। सानैदेखि हुर्काएकी काली उनका लागि परिवारकै सदस्यसरह थिइन्।

सामाजिक सञ्जालमा साझा गरिएका पुराना तस्बिरहरूमा काली सानैदेखि मेघासँगै हुर्किएको देखिन्छ। चाडपर्वमा टीका लगाइदिने, सधैं सँगै राख्ने—यी सबैले उनीहरूबीचको सम्बन्ध कति गाढा थियो भन्ने देखाउँछ। तर केही दिनअघि कालीको मृत्यु भयो। मेघा घरमा नभएको समयमा भएको उक्त घटनाले उनलाई गहिरो पीडा दिएको छ। ११ वर्षसम्म सँगै बिताएको साथी गुमाउँदा उनी भावुक बनेकी छन्। कालीलाई उनले छोरीसरह मानेर हुर्काएकी थिइन्। परिवारका सदस्यहरूका अनुसार कालीलाई कहिल्यै दुःख नदिइएको, उसले चाहेको खाना र स्वतन्त्रता सधैं दिइएको थियो।

tourism

कुकुरको मृत्युपछि मेघाले विधिवत् अन्त्येष्टि मात्र होइन, काजकिरिया समेत बसेकी छन्। उनले सेतो कपडा लगाएर, दियो बालेर र नुन बारेर परिवारकै सदस्य गुमाएजस्तो शोक मनाएकी छन्। सुख-दुःखको साथ दिएकोमा ‘काली’प्रति आभार व्यक्त गर्दै उनले भावुक सन्देश पनि दिएकी छन्। हालसम्म उनले तीन दिनको शोक संस्कार पूरा गरिसकेकी छन्।

नेपालमा कुकुरको मृत्युपछि यसरी काजकिरिया बस्ने घटना नयाँ भने होइन। यसअघि तुलसीपुरका शशीधर पौडेलले पनि आफ्नो कुकुरको मृत्युपछि ९ दिनसम्म काजकिरिया बसेका थिए।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...