सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकको चिट

cp new add
Nisharg hospital
Ban Mantralye

सभामुख डीपी अर्याल सवार रहेको भनिएको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ। थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लंघन गरेको उक्त गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा सवारी साधनलाई समेत चिट काटिएको बताइएको छ। थापाथलीमा ट्राफिक नियम उल्लंघन गर्दै सिंहदरबार पुगेको गाडीलाई ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको हो। ट्राफिक प्रहरी स्रोतका अनुसार लेन क्रस गरेका कारण उक्त गाडीलाई कारबाही गरिएको हो। स्रोतले चिट काटिएको पुष्टि गर्दै भनेको छ, ‘नियम उल्लंघन गर्ने सबै समान हुन्। कसको गाडी भन्ने होइन, नियम उल्लंघन गर्ने सवारीलाई नै चिट काटिएको हो।’

उक्त समयमा सभामुख स्वयं गाडीमा सवार थिए वा थिएनन् भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...