धनगढीमा खैरो हेरोइनसहित चन्द पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । कैलालीको धनगढीबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ क्षेत्रबाट २६ वर्षीय विशाल चन्दलाई नियन्त्रणमा लिएको हो।

tourism

प्रहरीका अनुसार चन्दको साथबाट खैरो हेरोइन जस्तो देखिने ११० मिलिग्राम पदार्थ बरामद गरिएको छ। उनी धनगढी उपमहानगरपालिका–१ मा डेरा गरी बस्दै आएका थिए।

बुधबार दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चन्दमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...