

एनआईसी एशिया बैंक लिमिटेडले एकैपटक चार वटा प्रदेशमा रहेका ४४ शाखा कार्यालय समायोजन गरी बन्द गरेको छ। बैंकले बिहीबारदेखि ती शाखाहरूलाई आपसमा गाभेर बाँकी रहेका कार्यालयहरूबाट बैंकिङ सेवा प्रदान गर्न सुरु गरेको जनाएको छ।
समायोजनका क्रममा काठमाडौं उपत्यकाका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, बोहोराटार, माछापोखरी, ढुङ्गेधारा–नर्सरी चोक, न्यूरोड, खिचापोखरी, भोटाहिटी, किलागल, तिनचुली, चाबहिल, नरेफाँट, बालुवाटार, अनामनगर, शंखमूल, मध्य बानेश्वर, खसीबजार, कपन, गोंगबु, सोह्रखुट्टे, टेकु, सिनामंगल, मित्रपार्क र कालोपुलस्थित शाखाहरू बन्द भएका छन्।

त्यसैगरी ललितपुरका लगनखेल, मंगलबजार, सानेपा, ग्वार्को, खुमलटार र खोकना शाखाहरू पनि समायोजनमा परेका छन् भने चितवनको बसेनी शाखा पनि गाभिएको छ।
कास्की जिल्लामा पावरहाउस चोक, बुढीबजार, बाझापाटन, महेन्द्रपुल (पोखरा), बगर र बिरौटा शाखा बन्द गरिएका छन्। मोरङको विराटनगर मेनरोड, हाटखोला र रानी मिल्स एरिया तथा पर्साको लिंक रोड र पावरहाउस चोकस्थित शाखाहरू पनि समायोजन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी र स्रोत व्यवस्थापनलाई सुदृढ बनाउन शाखा समायोजन गरिएको हो। ग्राहकहरूले अब नजिकका सञ्चालनमा रहेका शाखाबाट नियमित बैंकिङ सेवा लिन सक्नेछन्।


