टीकापुर पार्कमा एकैदिन उठ्याे करीब ८ लाख राजश्व

cp new add
Nisharg hospital
Ban Mantralye

टीकापुर । टीकापुर पार्कमा एकै दिन १४ हजारभन्दा बढी पर्यटक भित्रिएसँगै नयाँ रेकर्ड कायम भएको छ। नयाँ वर्ष २०८३ को पहिलो दिन पर्यटक आगमन र प्रवेश शुल्क दुवैले अघिल्लो रेकर्ड तोडेका हुन्।

टीकापुर नगरपालिकाको पार्क शाखाका प्रमुख अर्जुन कुँवरका अनुसार गत वर्ष वैशाख १ गते ५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्ष भने एकै दिन १४ हजार ८३१ जना पर्यटकले पार्क भ्रमण गरेका छन् भने ७ लाख ७० हजार १६० रुपैयाँ राजस्व उठेको छ।

tourism

पर्यटकको अत्यधिक भीडका कारण दिउँसो २ बजेदेखि पार्क आसपासको सडक अवरुद्ध भएको थियो। पार्क प्रवेश गर्न नसकेर केही पर्यटक वैकल्पिक बाटो हुँदै फर्किन बाध्य भएका थिए।

स्थानीय लोकबहादुर बुढाका अनुसार रानी कुलामा रहेको सिंगल लेन पुलका कारण एक घण्टाभन्दा बढी जाममा बस्नुपर्दा सर्वसाधारणलाई सास्ती भएको थियो।

नगरपालिकाको राजस्व शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार पार्कबाट संकलित राजस्व वर्षेनि बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८०/८१ मा ६४ लाख रुपैयाँ उठेकोमा २०८१/८२ मा ९३ लाख ४४ हजार रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको नौ महिनामै १ करोड ८ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ।

हाल पार्क प्रवेश शुल्क प्रतिव्यक्ति ५० रुपैयाँ रहेको छ। पार्कको प्राकृतिक सुन्दरता, ऐतिहासिक महत्व र नजिकैको कर्णाली नदीमा गरिने जलविहारका कारण यहाँ पर्यटकीय सम्भावना बढ्दै गएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार पार्कको स्तरोन्नतिका लागि १४ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी संघीय सरकारसमक्ष पेश गरिएको छ।

उक्त योजनाअन्तर्गत पार्किङ, बाल उद्यान निर्माण तथा पुराना संरचनाको मर्मतसम्भार गर्ने लक्ष्य राखिएको छ। बजेट प्राप्त भएमा पार्क थप विस्तार गरिने उनले बताए।

इतिहासअनुसार विसं २०२४ चैत २४ मा राजा महेन्द्र शुक्लाफाँटा क्षेत्रमा सिकारका क्रममा आकस्मिक हृदयाघात भएपछि फर्किने क्रममा टीकापुरमै हेलिकोप्टर अवतरण गरिएको थियो।

त्यसपछि उनले यहाँ एक महिना स्वास्थ्य लाभ गरेका थिए र सोही स्थानलाई पार्कका रूपमा विकास गर्न निर्देशन दिएका थिए।

पार्कभित्र रहेको महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम वाटिका, ५० भन्दा बढी प्रजातिका गुलाबका बगैंचा तथा कर्णाली नदीमा सञ्चालन हुने वाटरबोटले पर्यटकलाई थप आकर्षित गरिरहेका छन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...