‘भिक्षा देही’ अभियानमार्फत सरकारको ध्यानाकर्षण

cp new add
Nisharg hospital
Ban Mantralye

त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा सरकारी लगानी वृद्धि गर्न माग गर्दै सडकमार्फत ‘भिक्षा देही’ अभियान सुरु गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा शुक्रबारदेखि सुरु गरिएको यो अभियानमार्फत विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूको भनाइमा उच्च शिक्षामा पर्याप्त बजेट विनियोजन नभएकै कारण सरकारी क्याम्पसहरूको पूर्वाधार र शैक्षिक गुणस्तर पछाडि परेको छ।

tourism

विद्यार्थीहरूले राष्ट्रिय शिक्षामा कुल बजेटको करिब १०–१५ प्रतिशत मात्र छुट्याइने गरेको र त्यसमा पनि उच्च शिक्षाका लागि ८–११ प्रतिशत मात्रै विनियोजन हुने गरेको बताएका छन्।

उनीहरूका अनुसार विकसित देशहरूले शिक्षा बजेटको करिब ५० प्रतिशतसम्म उच्च शिक्षामा लगानी गर्दै आएका छन्। सोहीअनुसार नेपालमा पनि उच्च शिक्षामा लगानी बढाउनुपर्ने उनीहरूको माग छ।

विद्यार्थीहरूले यो अभियानमार्फत सरकारलाई तत्काल नीति परिवर्तन गरी उच्च शिक्षालाई प्राथमिकतामा राख्न दबाब दिने बताएका छन्।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...