धनगढीका विभिन्न क्षेत्रमा साँझसम्म विद्युत् सेवा अवरुद्ध हुने

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । नेपाल विद्युत प्राधिकरण अन्तर्गत धनगढी वितरण केन्द्रले अत्यन्त जरुरी सूचना जारी गर्दै आज केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार राजपुर र कैलाली गाउँ फिडरअन्तर्गतका एचटी तथा एलटी लाइनमा रहेका हाँगाविङ्गा तथा झाडी कटान (बस कटिङ) कार्य गर्न लागिएकोले विद्युत् सेवा अस्थायी रूपमा बन्द गरिनेछ।

tourism

सूचना अनुसार २०८३ वैशाख ६ गते बिहान ९ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

राजपुर फिडर अन्तर्गत विशालनगर, चटकपुर, बोराडाँडी, फाप्ला, भाटभटेनी आसपासका क्षेत्रहरूमा विद्युत् सेवा प्रभावित हुने जनाइएको छ। त्यसैगरी कैलाली गाउँ फिडर अन्तर्गत उत्तरबेहडी, चटकपुर, तुलसीचोक, बोराडाँडी, मधुवन लगायतका स्थानहरूमा पनि विद्युत् अवरोध हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरेको छ। साथै कार्य सम्पन्नताको आधारमा तोकिएको समयभन्दा अघि वा पछि पनि लाइन सुचारु हुन सक्ने उल्लेख गरिएको छ।

कार्य सम्पन्न भएपछि क्रमिक रूपमा विद्युत् सेवा पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...