

काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ मन्त्रालयबाट बिदा भएलगत्तै रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनको घर पुगेका छन् ।
रास्वपास्रोतका अनुसार लामिछानेले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर गुरुङलाई मन्त्रीबाट बर्खास्त गर्नका लागि पार्टीको निर्देशन पत्र दिएका थिए । तर, प्रधानमन्त्रीले बर्खास्त नगरी गुरुङलाई बोलाएर राजीनामा दिन भनेका थिए ।

लामिछाने निवासमा पुग्दा आक्रामक मनस्थितिमा रहेका गुरुङले आफूलाई बर्खास्त गर्नका निम्ति लेखिएको पत्रको कारण र आधार मागेका छन् ।

