गृहमन्त्री हुनु दुई दिनअघि मात्रै किनेका थिए सुधनले धनकुटाको २० रोपनी जग्गा

cp new add
Nisharg hospital
Ban Mantralye

धनकुटा मालपोत कार्यालयका अनुसार साँघुरीगढी गाउँपालिका-६ को कार्कीछाप भन्ने ठाउँमा १९ रोपनी १५ आना जग्गा चैत ११ गते वारेसमार्फत् सुधनको नाममा पास भएको हो।

उक्त जग्गा प्रतिरोपनी १७ हजार रूपैयाँ सरकारी मूल्यांकन गरेर किनबेच भएको मालपोत कार्यालयले जनाएको छ। त्यसबापत जग्गाको मूल्य ६ लाख ९० हजार रूपैयाँ उल्लेख छ। त्यही मूल्यांकन अनुसार राजस्व बुझाइएको मालपोतको भनाइ छ।

tourism

१६७ कित्ता नम्बरको जग्गा उहाँको नाममा पास भएको देखिन्छ, धनकुटा मालपोतका एक कर्मचारीले भने, जुनू लिम्बू नामको जग्गाधनीबाट उहाँले किनेको अभिलेखमा छ।

मालपोत कार्यालयका अनुसार साँघुरीगढीको ६ नम्बर वडा कार्यालयले गरेको सिफारिसका आधारमा जग्गाको सरकारी मूल्यांकन राखेर किनबेच भएको हो। वडा कार्यालयले उक्त जग्गामा बाटो नभएको र सडकबाट भित्र पर्ने भनेर सिफारिस गरेको छ।

साँघुरीगढी-६ का वडाध्यक्ष यमप्रसाद मगरले जग्गा कसले किनेको आफूलाई थाहा नभएको तर जग्गाधनीले सिफारिस मागेपछि चैत ११ मा सिफारिस दिएको बताए।

सुधन गुरूङले जेनजी आन्दोलनपछि र गृहमन्त्री बन्नुभन्दा ५ दिनअघि करिब ५० दिनको अवधिमा पटक पटक गरेर एउटा कम्पनीको ५३ लाख रूपैयाँ बराबरको सेयर दोस्रो बजारबाट किनेको समचार यसअघि नै सेतोपाटीले लेखिसकेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...