सरकारको पत्रपछि प्रतिनिधि सभाको अधिवेशन नबस्दै स्थगीत

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय भएको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।

tourism

‘सिफारिस पत्रमा जे आएको थियो, त्यही बमोजिम निर्णय भएको छ,’ स्रोतले भन्यो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को बुधबारको सिफारिस बमोजिम १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका थिए । तर, आज अर्को पत्र पठाएर उक्त अधिवेशन रोक्न भनिएको स्रोतले बतायो । पत्रमा नयाँ मितिबारे केही खुलाइएको थिएन ।

आजको मन्त्रिपरिषद् बैठको सिफारिस बमोजिम अधिवेशन स्थगित गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले  बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...