बैतडीमा सशस्त्र प्रहरीको मनसुन प्रतिकार्य बेस स्थापना

cp new add
Nisharg hospital
suchana

बैतडी ।मनसुनको समयमा हुन सक्ने प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ।

दशरथचन्द नगरपालिका–४ छेलामा आज एक कार्यक्रमका बीच उक्त बेसको औपचारिक उद्घाटन गरिएको हो। विपद्जन्य घटनामा परेकाहरूको तत्काल राहत तथा उद्धारका लागि यो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्गबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १५ जनाको टोली रहनेछ। बाढी, पहिरो, आगलागीलगायत विपद्जन्य घटनामा तत्काल उद्धार गर्न तालिमप्राप्त जनशक्ति र आवश्यक सामग्रीसहित चौबिसै घण्टा तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ।

“मनसुन सक्रिय हुने समय भएकाले सम्भावित विपद् व्यवस्थापनका लागि हामी सधैँ तयारी अवस्थामा रहनेछौँ,” उनले भने, “आवश्यक परेमा तुरुन्तै परिचालन भएर उद्धार कार्य गर्छौं।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...