कैलालीमा मोटरसाइकलसहित दुई लाखकाे अवैध सामान बरामद

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीमा माेटरसाइकलसहित दुई लाखकाे अवैघ सामान बरामद गरिएको छ ।

भजनी नगरपालिका–३ काँडा क्षेत्रमा अबैध रुपमा भन्सार छली गरी ल्याइएका आज बिहान करिब ३ बजेतिर इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट प्रहरी वरिष्ठ हवल्दार बिरबहादुर साउँदको कमाण्डमा खटिएको गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त सामग्री फेला पारेको हो।

प्रहरीकाअनुसार उक्त स्थान कार्यालयबाट करिब ४ किलोमिटर पूर्व पर्ने क्षेत्र हो। गस्ती टोलीले बाटोको छेउमा लुकाईछिपाई राखिएको अवस्थामा बेवारिसे रूपमा अबैध सामान फेला पारेको थियो।

बरामद गरिएका सामग्रीहरूमा १. १०० प्याकेट श्यामल सुर्ती, अनुमानित मूल्य रु. ३५,०००

२. ४८ प्याकेट बिडी, अनुमानित मूल्य रु. १४,३००
३. से २ प ६६५५ नम्बरको डिस्कभर बजाज मोटरसाइकल, अनुमानित  एक लाख ५०,०००

बरामद सबै सामग्रीको कुल अनुमानित एक लाख ९९ हजार रूपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...