

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको पाँच महिनामै सरुवा भएको छ ।
कोइरालाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा भएको हो ।

कोइरालाले २०८२ मंसिर १२ गतेदेखि डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका थिए । उनको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारी भने पठाइएको छैन

