

धनगढी । अनलाइन गेम खेलाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको प्रकरणमा कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टका छोरा प्रशान्त भट्टकाे नाममा पक्राउ पूर्जी जारी भएको छ ।
अनलाइन गेम खेलाएर लाखौं ठगी गरेकाे प्रकरणमा गिराेह चलाउने आराेप र पैँसा लेनदेनकाे कनेक्सन देखिएपछि प्रहरीले भट्टसहितका थप दुई जनालाई अनुसन्धानकाे दायरामा ल्याउदैछ ।

प्रहरीले भट्ट र उनीसँग जाेडिएकी महिलाकाे नाममा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ पूर्जी लिएकाे हाे ।
स्रोतकाअनुसार ठगीमा कनेक्सन देखिएपछि उनीहरूकाे नाममा पक्राउ पूर्जी लिएर खाेजी थालिएको छ ।
यसअघि कञ्चनपुरकाे वेदकाेटकी महिलाले दिएकाे उजुरीका आधारमा गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाटलाई पक्राउ गरेकाे छ भने ओझा थरका महिला फरार छिन् ।
याे ठगी घटनामा अत्तरियाका केही व्यापारी र राजनीतिक पहुँच भएका युवाकाे समेत संलग्नता रहेकाे दाबी गरिन्छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले अनलाइन ठगीकाे घटनामा थप दुई जनाकाे नाममा पक्राउ पूर्जी जारी भएकाेले उनीहरूकाे खाेजी भइरहेकाे बताए ।
तर अनुसन्धानकाे विषय भएकाले तत्काल भने उनीहरूकाे नाम सार्वजनिक नगरिने उनी बताउँछन् ।
विस्तृत थाहा पाउन याे पढ्नुहाेस्

