कैलालीमा सशस्त्रका हवलदार परस्त्रीको घरमै रंगेहात भेटिए, स्थानीयले रातभर बाँधेर छाडे

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलका एक सहायक हवलदार परस्त्रीको घरभित्र रंगेहात फेला परेको घटना बाहिरिएको छ ।  घटना चुरे गाउँपालिका–२ खैराला क्षेत्रमा बिहीबार राति भएको हो।

स्थानीयका अनुसार धनगढीमा कार्यरत बताउने सशस्त्र प्रहरीका सहायक हवलदार महरा थरका व्यक्ति सोही वडाकी साउँद थरकी एक विवाहित महिलाको घरमा प्रवेश गरेका बेला उनीहरुले घरभित्रैबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर उनलाई रातभर बाँधेर राखेका थिए।

स्थानीय स्रोतका अनुसार ती हवलदार केही समयदेखि उक्त महिलासँग सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा रहेका थिए। पछि उनीहरूबीच सम्बन्ध बनेको र नियमित सम्पर्क तथा आउजाउ हुने गरेको बुझिएको छ। दुवै जना विवाहित रहेको पनि खुलेको छ।

घटनापछि स्थानीयहरूले शंकास्पद गतिविधि देखेपछि घरमै प्रवेश गरी उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिँदा हवलदारले आफू सशस्त्र प्रहरी भएको र पैसासम्बन्धी विषय मिलाउन घरमा पुगेको दाबी गरेका थिए।

तर स्थानीयका अनुसार प्रारम्भिक सोधपुछमा उनीहरूबीच व्यक्तिगत सम्बन्ध रहेको संकेत देखिएको थियो। घटनापछि स्थानीय जनप्रतिनिधिको समेत उपस्थितिमा दुवै पक्षबीच छलफल गरिएको हो।

चुरे गाउँपालिका–२ का वडाध्यक्ष केशव साउदका अनुसार दुवै पक्षले आफूहरूबाट गल्ती भएको स्वीकार गर्दै भविष्यमा यस्तो गतिविधि दोहोर्याउने छैनौँ भन्ने प्रतिबद्धता जनाएका छन्। सोही आधारमा उनीहरूलाई आपसी सहमतिमा परिवारको जिम्मा लगाइएको हो।

घटनापछि सशस्त्र प्रहरीका हवलदारलाई लिन उनकी श्रीमतीसमेत घटनास्थल पुगेकी थिइन्। स्थानीयहरूले भने लामो समयदेखि उक्त व्यक्तिको आवतजावत देखिँदै आएको बताएका छन्।

घटना सार्वजनिक भएपछि स्थानीय क्षेत्रमा चर्चा चुलिएको छ। यद्यपि सम्बन्धित निकायबाट यसबारे आधिकारिक छानबिन वा प्रतिक्रिया आएको छैन। अहिलेसम्म यो विषयमा कतै उजुरी समेत परेको छैन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...