कैलालीको सीमावर्ती क्षेत्रमा बेहोस बनाएर नेपालीबाटै थापा परिवार लुटियो

cp new add
Nisharg hospital

धनगढी । भारतबाट घर फर्किरहेका एक नेपाली परिवार सीमावर्ती क्षेत्रमा नशालु पदार्थ खुवाएर लुटिएको घटना सार्वजनिक भएको छ।

भारतको बरेलीबाट फर्किरहेका दैलेखको भैरवी गाउँपालिका–२ का ३१ वर्षीय रामसिंह थापा, उनकी श्रीमती ३१ वर्षीया रेश्मा विष्ट र ६ वर्षीय छोरा प्रवेश थापा लुटपाटमा परेका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डागी का अनुसार उनीहरूसँगै यात्रा गरिरहेका तीन जना नेपालीले चिसो पेय पदार्थमा नशालु पदार्थ मिसाएर बेहोस बनाएका थिए। त्यसपछि उनीहरूबाट करिब ४० हजार भारतीय रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरेलीबाट टीकापुर हुँदै घर फर्किने क्रममा तिकुनिया नजिकै जंगल क्षेत्रमा विश्राम गर्ने बहानामा उनीहरूलाई पेय पदार्थ खुवाइएको थियो। सोही क्रममा नशालु पदार्थ सेवन गराएपछि लुटपाट गरिएको हो।

बेहोस अवस्थामा रहेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको उद्धार गरिएको र उपचारका लागि टीकापुर ल्याइएको डीएसपी डागीले जानकारी दिए। हाल तीनै जनाको टीकापुरमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र उनीहरू भारततर्फ फरार भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...