पाटनका कोलीको मृत्यु : हत्या पुष्टि हुने प्रमाण नभेटेपछि आरोपी छुटे, फेरि अनुसन्धान गरिने

cp new add
Nisharg hospital

धनगढी । बैतडीको पाटन नगरपालिका–३ का २६ वर्षीय नरेश कोलीको मृत्यु प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त भएका छन् । कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेर प्रहरीले कानुन बमोजिम कारवाही मागसहित सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको थियो ।

तर, सरकारी वकिलको कार्यालयले तत्काल मुद्दा अघि बढाउने खालका सबुत प्रमाण नदेखिएको भन्दै अनुसन्धानका क्रममा हिरासतमा रहेका आरोपीलाई थुनामुक्त गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

सरकारी वकिलको निर्देशनपछि बोलाएका बेला हाजिर हुनेगरि पक्राउ परेका पाटन–३ कै २६ वर्षीय दिपक भट्ट र ३२ वर्षीय दिनेश टेलर छुटेका छन् । इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका उनीहरुलाई सरकारी वकिलको निर्देशनअनुसार छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता गोविन्द बहादुर चन्दले प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदन विस्तृत अनुसन्धानका लागि उतै फर्काएका छन् । यो प्रकरणमा भीसेरा रिर्पोट, मोबाइल परीक्षण लगायतका विस्तृत रिर्पोट र अनुसन्धान गरेर पुनः फाइल पेश गर्न चन्दले निर्देशन दिएका हुन् ।

४ चैतमा पाटन बजारबाट घर फर्किएका कोली भिटा भिरको तल सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका थिए । अघिल्लो दिन किनमेलका लागि पाटन पुगेका उनी राति अबेरसम्म घर नआपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए । उनी भोलिपल्ट मृत भेटिएका थिए ।

परिवारले उनीसँगै पाटन बजारमा रहेका भनिएका दुई जनाले हत्या गरेको भन्दै अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन माग गर्दै उनीहरुविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिएका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...