निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा साउदकाे उम्मेदवारी घाेषणा

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलाली निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षतामा व्यवसायी धिरेन्द्र साउदले उम्मेदवारी घाेषणा गरेका छन् ।

२४ र २५ वैशाखमा हुने संघको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा साउदले उम्मेदवारी घोषणा गरेका हुन् ।

मेडिकल तथा खेलकुदसहित लामाे समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल उनी स्वच्छ छविकाे व्यक्तित्व बनाएका छन् ।

राजनीति र अन्य व्यवसायीक क्षेत्रमा युवाकाे माग बढिरहेका बेला निर्माण व्यवसायी संघमा युवा व्यवसायी साउदकाे उम्मेदवारीलाई स्वभाविक रूपमा लिइएकाे छ ।

संघमा आबद्ध व्यवसायीले समेत साउदकाे उम्मेदवारी सकारात्मक भएको भन्दै सघाउने प्रतिबद्वता जनाएका छन् ।साउद व्यवसायीमाझ जुझारु, मिलनसार र सरल स्वभावकाे छवि बनाएका छन् ।

व्यवसायीहरूबीच राम्रो प्रभाव राख्ने भएकोले पनि उनी बलिया प्रतिस्पर्धी मानिन्छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...