डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा

cp new add
Nisharg hospital
suchana

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

गन्यापधुरा गाउँपालिका–२ देवखेतमा निर्माण गरिएको अस्पताल भवनको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरेका हुन्।

उद्घाटनसँगै एक एमबीबीएस चिकित्सकसहित स्वास्थ्य सेवा औपचारिक रूपमा सुरु गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी दिइन्।

संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब १३ करोड रुपैयाँ लागतमा अस्पताल निर्माण सम्पन्न गरिएको हो।

नयाँ अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले अब आधारभूत स्वास्थ्य सेवा गाउँमै सहज रूपमा पाउने अपेक्षा गरिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...