

धनगढी । कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ ।
दोधारा चाँदनी नगरपालिका–१ स्याउले बजारमा शुक्रबार दिउँसो सु.प.प्र.०२–००१ ख ०५९८ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको युके ०६ए.एस७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टिप्परको ठक्करले मोटरसाइकल पछाडि सवार सोही ठाउँका विवश चुनाराको घटनास्थलमै मृत्यु भएको हो । चालक नरेश लुहार घाइते भएका छन् । उनको बाँया खुट्टामा मध्यम चोट लागेको र उपचारका लागि आफन्तले भारतको खटीमा लगिएको छ ।
दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन घटनास्थलमै रहेका छन् ।

