रोल्पा दुर्घटनाको ३ दिनपछि रास्वपाले भन्यो– नागरिक सुरक्षा पहिलो प्राथमिकता

cp new add
Nisharg hospital
suchana
Nast new

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

पूर्वी रुकुमबाट रोल्पाको थवाङ गाउँपालिकाअन्तर्गत जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको तीन दिनपछि रास्वपाले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।

‘आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्नेछौं,’ पार्टीका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले नागरिकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारेको छ। ‘नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ।

१७ वैशाखमा भएको उक्त जीप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा उद्धारमा खटिने सुरक्षाकर्मी तथा स्थानीयप्रति उच्च सम्मान प्रकट गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...