७६ हजार बचतकर्तालाई राहत: जेठबाट रकम फिर्ता प्रक्रिया सुरु

cp new add
Nisharg hospital
suchana

समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु हुने भएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार कार्ययोजना सार्वजनिक गर्दै सो अवधिबाट मागदाबी गरेका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने जनाएको हो।

समितिका अनुसार मागदाबी छुट भएका बचतकर्तालाई आगामी साउनको पहिलो साताबाट पुनः निवेदन दिन समय खुला गरिनेछ।

कर्जा असुलीका लागि भने अब कडा नीति अवलम्बन गरिने समितिले जनाएको छ। किस्ताबन्दीमा कर्जा तिर्ने लिखित प्रतिबद्धता जनाउँदै आंशिक रकम बुझाउने ऋणीलाई निश्चित समय दिइनेछ। तर, कर्जा नतिर्नेहरूका हकमा तीनपुस्तेसम्मको नामावली सार्वजनिक गर्ने र परिवारका सदस्यलाई समेत कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।

हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...