बैतडीमा प्रअमाथि कालोमोसो लगाउनेलाई तत्काल पक्राउ गर्न डीआईजीको निर्देशन, खोजीमा जुट्यो प्रहरी

cp new add
Nisharg hospital
suchana

धनगढी । बैतडीको शिवनाथ गाउँपालिका–४ पिपलकोटमा प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो दलेर जुताको माला लगाइएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ।

घटनाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चासो देखाएको हो। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न बैतडी प्रहरीलाई निर्देशन दिएका छन्।

निर्देशनपछि संलग्नहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलदेव बडुले घटनाको अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान गरेर कानुनी कारबाही गरिने बताए।

उनका अनुसार इलाका प्रहरी कार्यालय मेलौली, प्रहरी चौकी सुल्याखान र कुस्मतघाट प्रहरी चौकीबाट संयुक्त टोली परिचालन गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय एक महिलाले शिक्षक भर्ना परीक्षामा पास गराइदिन प्रधानाध्यापकमाथि दबाब दिएकी थिइन्। तर, ती महिला पहिलो चरणको परीक्षामै असफल भएपछि प्रअ ओझामाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन्। त्यसपछि स्थानीय र आफन्तले ओझामाथि कालोमोसो दलेर जुताको माला लगाएको बताइएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...