वरीयता मिचेर गरिएको निर्णयमा उपसभामुखको हस्ताक्षर खेदपूर्ण : हर्क साम्पाङ

cp new add
Nisharg hospital
suchana

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा उपसभामुख रुवीकुमारीले हस्ताक्षर गरेकोप्रति आपत्ति जनाएका छन्। सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा पार्टीबाटै गएकी उपसभामुखले समेत हस्ताक्षर गरेकोप्रति उनले असन्तुष्टि जनाएका छन् ।

चौथो वरीयतामा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश सिफारिस गरेर सरकारले ठूलो गल्ती गरेको उनको दाबी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नियुक्तिसम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ । यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी विरोध गर्दछ ।’

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...