

धनगढी । डोटीमा घरमा आगलागी भएको छ ।
दिपायल सिलगढी नगरपालिका–१ तिखास्थित रत्ना देवी नेपालीको घरमा शुक्रबार बिहान विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

