कांग्रेसकाे धनगढी भेलामा कैलाली सभापति भट्ट र प्रदेश सभापति बलायर सहभागी नहुने

cp new add
Nisharg hospital
suchana

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशस्तरीय भेला शनिबारदेखि धनगढीमा सुरू हुँदैछ । भेलामा सहभागी हुन पार्टी सभापति गगनकुमार थापासहितका नेताहरू धनगढी पुगिसकेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि थापा पहिलाेपटक निवर्तमान सभापति शेरबहादुर देउवाकाे गृह प्रदेशमा भइरहेको कार्यक्रमलाई सम्बाेधन गर्दैछन् ।

कांग्रेस नेता कार्यकर्ताले थापालाई धनगढी विमानस्थलमा स्वागत गरेका छन् । उनकाे स्वागतमा देउवा पक्षीय मानिने मुख्यमन्त्री कमलबहादुर शाह आफ्नाे क्याबिनेटका मन्त्री  लिएर धनगढी विमानस्थल पुगेका थिए ।

विमानस्थलमा शाहले थापालाई स्वागत गरेपनि सुरक्षाकर्मीले भित्र प्रवेश नदिएपछि भेटन् पाएनन् । मुख्यमन्त्री र मन्त्रीहरू थापाकाे स्वागतमा पुगेपनि देउवा पक्षीय प्रदेश सभापति बिरबहादुर बलायर र कैलाली सभापति नारायणदत्त भट्ट भने देखिएनन् ।

स्रोतकाअनुसार सभापति बलायर भने भेलामा सहभागी हुनेछैन् । कैलाली सभापति भट्टले भने कार्यव्यवस्तताका कारण कार्यक्रममा सहभागी हुने नपाएको बताए ।

राष्ट्रिय सभा सदस्य समेत रहेका भट्टले राजनीतिक कारण नभएर संसदकाे कार्य व्यवस्तताका कारण सहभागी हुन नपाएको बताए ।

“संसदीय कामकाजका कारण म काठमाडौंमै छु । राजनीतिक रूपमा सहमति असहमति राख्ने कुरा अर्कै हाे,” भट्टले भने, “अहिले कार्य व्यवस्तताका कारण सहभागी हुन नपाएको हुँ ।”

भेलामा देउवा पक्षका अन्य केही जिल्ला सभापति पनि सहभागी नहुने सम्भावना रहेकाे नेताहरू बताउँछन् ।

कांग्रेसले दुई दिनसम्म चल्ने भेलामा प्रतिनिधि सभाकाे परिणाम र स्थानीय तहका जनप्रतिनिधिका काम कारवाहीबारे समीक्षा हुने जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...