सुदूरपश्चिमबाट फर्किएपछि गगन थापाले ३ नेतालाई बनाए केन्द्रीय सदस्य

cp new add
Nisharg hospital

धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीको केन्द्रीय समितिमा १९ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

Telecome

सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहसँग निकट नेताहरूलाई समेट्दै नयाँ मनोनयन गरेका हुन् ।

मनोनीत हुनेहरूमा सुदूरपश्चिम प्रदेशबाट तीन जना नेता परेका छन् । दार्चुलाका दिलेन्द्रप्रसाद बडू, कैलालीकी सुशिला मिश्र भट्ट तथा कैलालीकै डा. जीवन राना केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

कांग्रेसभित्रको आन्तरिक सन्तुलन मिलाउने प्रयासस्वरूप गरिएको मनोनयनमा विभिन्न भूगोल, समुदाय र गुटका नेताहरूलाई समेटिएको बताइएको छ ।

मनोनीत हुने अन्य नेताहरूमा धनुषाका महेन्द्र यादव, कास्कीका जीवन परियार, चितवनका उमेश श्रेष्ठ, पर्साका रमेश रिजाल, मोरङकी सुजाता कोइराला, गुल्मीका डा. चन्द्रकान्त भण्डारी, पर्साका अजयकुमार चौरसिया, उदयपुरका लक्ष्मी परियार, सोलुखुम्बुका आङ्गेलु शेर्पा, सप्तरीका दिनेशकुमार यादव, सुनसरीका राजीव कोइराला र राजीव ढुंगाना, प्यूठानका प्राडा. गोविन्दराज पोखरेल, महोत्तरीकी नागिना यादव, चितवनका दिनेश कोइराला तथा धादिङकी सीता थपलिया (उर्मिला) रहेका छन् ।

पार्टीभित्र आगामी रणनीति, संगठन विस्तार र आन्तरिक शक्ति सन्तुलनलाई ध्यानमा राख्दै सभापति थापाले मनोनयन गरेको कांग्रेस नेताहरूले बताएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...