३८ लाख बढी रकम हिनामिना गरेको आरोपमा नेपाल बैंकका दुई कर्मचारी पक्राउ 

cp new add
Nisharg hospital
suchana

काठमाडौँ । अस्पतालको ३८ लाख रुपैयाँ बढी हिनामिना गरेको आरोपमा नेपाल बैंकका दुई कर्मचारी पक्राउ परेका छन् ।

कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पतालको मोटो रकम हिनामिना गरेको आरोपमा नेपाल बैंकका क्यासियर ३४ वर्षीय कमल भण्डारी र बैंकका कार्यालय सहयोगी ३५ वर्षीय विक्रम केसी पक्राउ परेका हुन् ।

बैंकमा जम्मा गर्नुपर्ने रकम बैंकमा जम्मा नभएको उजुरी पछि यस प्रकरणमा थप अनुसन्धान अघि बढेको थियो । ३८ लाख रुपैयाँ बढी हिनामिना गरेको आरोपमा नेपाल बैंकका दुई कर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यका अनुसार बैंक भौचरहरू फाइलमा भए पनि सोअनुसारको रकम बैंक खातामा जम्मा नभएको पाइएको छ ।

बैंकका कर्मचारीसँगै अस्पतालका अन्य कर्मचारीहरु पनि पक्राउ परेका छन् । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...