

धनगढी । कैलालीमा प्रहरीले तीन ठाउँमा नयाँ इन्चार्ज खटाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी विमानस्थल, कैलाली कारागार र प्रहरी चौकी सत्तीमा नयाँ जिम्मेवारी तोकेको हो ।
धनगढी विमानस्थलका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई ) मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा वरिष्ठ सई राजेन्द्र बमलाई पठाइएको छ । बम यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए ।
यस्तै, प्रहरी चौकी सत्तीका इन्चार्ज सई सुशील चन्दको जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ । उनको स्थानमा कैलाली कारागारमा कार्यरत सई ऐनबहादुर पाललाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई धनञ्जय मल्ललाई कैलाली कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ ।

