नवजीवन सहकारीका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सहकारी शिक्षाबारे अभिमुखीकरण दिने निर्णय

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । धनगढीकाे नवजीवन सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारी र सदस्यले पदभार सम्हालेका छन् ।

बुधबार पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेपछि नवनिर्वाचित अध्यक्ष गाेपालराज पाठक, उपाध्यक्ष उत्तमराज जाेशीसहितले कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

अध्यक्ष पाठकसहितलाई निवर्तमान अध्यक्ष देवबहादुर बमले पदभार ग्रहण गराएका थिए । हालै सम्पन्न निर्वाचनबाट सहकारीकाे अध्यक्षमा पाठक, उपाध्यक्षमा जाेशी, सदस्यमा केशवराज जाेशी, काेपीला कुँवर,गणेश बम, जयराज जाेशी, लक्ष्मीराज पन्त, लक्ष्मीराज पन्त र दीर्घबहादुर शाहले जितेका थिए ।

लेखा सुपरीवेक्षण समिति संयाेजकमा गणेशराज जाेशी, सदस्यमा खेमराज पाठक र गणेशप्रसाद उपाध्यायले जितेका थिए । उनीहरूले पदभार ग्रहण लगत्तै सञ्चालक समितिकाे बैठक बसेकाे थियाे ।

बैठकले नवनिर्वाचित सञ्चालक समिति पदाधिकारी र सदस्य तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यलाई सहकारी शिक्षाबारे अभिमुखीकरण दिन निर्णय गरेकाे छ ।

यस्तै, सहकारीकाे चुनाव भव्य रूपमा सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद समेेत नयाँ सञ्चालक समितिले दिएकाे छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...