धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु, चिकित्सकमाथि लापरवाहीको आरोप

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका- ६  बस्ने २२ वर्षीया सानु बिकको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार टन्सिलसम्बन्धी समस्याको उपचारका लागि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । ९ जेठमा शल्यक्रिया गरेर डिस्चार्ज भएर घर फर्किएकी बिकको स्वास्थ्य पुनः बिग्रिएको थियो ।

मुखबाट रगत बग्न थालेपछि मंगलबार फेरि उपचारका लागि अस्पताल ल्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान २ः४६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध जनाएका छन्। स्थिति नियन्त्रणमा लिन र सुरक्षा व्यवस्था कडा पार्न प्रहरी टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...