बाजुरामा मध्यराति युवकको हत्या, किशोर पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । बाजुरामा एक जनाको हत्या भएको छ । बुढीनन्दा नगरपालिका–६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले आपसी विवादका क्रममा रावतको हत्या भएको पाइएको बताए । उनकाअनुसार हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावतलाई पक्राउ गरिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको हो । अहिले जिप्रकाबाट प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुंगा प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ ।

मृतकको शव घटनास्थलमै रहेको छ । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...